Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


फुटबल टोली ढाका जाँदै


0
Shares

काठमाडौं, भदौ १५ । नेपाली फुटबल टोली आइतबार बंगलादेश जाने भएको छ ।

ढाकामा हुने १०औं साफ च्याम्पियनसिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईकाअनुसार प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा तथा भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’मा छन् ।

नेपाली टोलीमा किरणकुमार लिम्बू, विकेश कुथु, एलन न्यौपाने, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल, हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् ।

प्रतियोगिता भदौ १९ देखि ३० गतेसम्म चल्नेछ । रासस

Skip This