Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


जुडोतर्फ व्यक्तिगत स्पर्धामा पदक पाउने सम्भावना अन्त्य


0
Shares

जकार्ता, भदौ १५ । एसियाली खेलकुद अन्तर्गत जुडोतर्फ व्यक्तिगत स्पर्धामा पदक पाउने नेपालको सम्भावना सकिएको छ ।

ईन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत जुडोतर्फ नेपालका तीन खेलाडी आज पराजित भए । महिला ७८ केजी मुनीको तौल समूहमा रिपिचेज खेल्ने अवसर पाएकी पुनम श्रेष्ठ कजाखस्तानकी खेलाडी जरिना राईफोभासँग पराजित भईन् । यसअघि प्रि–क्वाटरफाईनल खेलमा पुनमलाई कोरियाकी युजिन पार्कले हराएकी थिइन् ।

जुडोकै पुरुष सय केजी मुनीको स्पर्धामा नेपालका रविन श्रेष्ठलाई उज्वेकिस्तानका शेराली जुराएभले पाखा लगाए । यसैगरी पुरुष ९० केजी मुनीको तौल समुहमा श्रीराम मकाजुलाई ताजकिस्तानका कोम्रोनसोखले पराजित गरे ।

आजका खेलहरुपछि नेपालका सबै ८ सहभागीले जुडोतर्फ व्यक्तिगत स्पर्धामा पदक नजित्ने पक्का भएको छ ।

नेपालले भोलि मिक्स्ड टिम ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।