Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


म्याग्दीको विरेन्द्रचोकमा रहेका अव्यवस्थित टहरा हटाइयो


52
Shares

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा रहेका अव्यवस्थित टहरा हटाइएका छन् ।

विरेन्द्रचोकको सडक छेउमा बनाएका व्यवसायिक टहरा ३५ दिनभित्र हटाउन बेनी नगरपालिकाले मंसिर १५ गते सूचना जारी गरेको थियो ।

नगर प्रहरीको ताकेताअनुसार व्यवसायीले टहरा हटाएका हुन् । विरेन्द्रचोकदेखि नगर गेटसम्मका सवै टहरा, व्यवसायीक टंकी र ठेला हटाएर नालीसहित सडक फराकिलो बनाउने र ढलान गर्ने नगरको योजना छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत बिरेन्द्रचोकदेखि नगरपालिका कार्यालय अगाडीसम्म सडक फराकिलो बनाउने, ढलान गर्ने, नाली निर्माण लगायतका योजनासहित भगवती मालिका कन्ट्रक्सन प्रालीले ७५ लाख रुपैयाँमा ठेक्का लिएर काम सुरु गरेको छ ।