काठमाडौं, भदौ १४ । एसिया कप छनोट क्रिकेटअन्तर्गत बिहीबार बिहान सुरु भएको खेलमा नेपालले २५५ रनको लक्ष्य पाएको छ ।
नेपाल र युएईबीच भएको खेलमा पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन बनाएको हो । युएईका लागि चिराग सुरीले सर्वाधिक ६५ रन बनाए । त्यस्तै अदनान मुफ्तीले ५७, अशफाक अहमदले ४५ र रमीज शहजादले ३५ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै २.४० को औसतमा २४ रन दिँदै ४ विकेट लिएका हुन् । उनले दुई ओभर मेडन राखे ।
त्यस्तै सोमपाल कामीले १० ओभर बलिङ गर्दै ५८ रन खर्चिएर दुई विकेट लिए भने बसन्त रेग्मीले १० ओभरमै ४९ रन दिएर दुई विकेट लिए ।








प्रतिक्रिया दिनुहोस्