काठमाडौं, भदौ १४ । एसियाली खेलकुदको १३ औं दिन आज जुडोतर्फ प्रतिस्पर्धा गरेका नेपालका सबै तीन खेलाडी पहिलो खेलमै पराजित भएका छन् ।
पदकको आशा गरिएको खेल जुडोका चर्चित खेलाडी फुपु ल्हामु खत्रीलाई महिला ६३ केजी मुनिको तौल समूहमा इन्डोनेसियाकी अर्डेलिया युली फ्रादिभ्ताले हराएकी हुन् । फुपु ल्हामु खत्री दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता खेलाडी हुन् ।
यसैगरी जुडोकै महिला ५७ केजी मुनीको तौल समूहमा मनिता श्रेष्ठ प्रधानलाई अन्तिम ३२ चरणको खेलमा भियतनामकी थी बिच गुएनले पाखा लगाईन् ।
यसैगरी पुरुष ७३ केजी मुनीको तौल समूहको अन्तिम ३२ चरणको खेलमा नेपालका संजित डंगोल पनि साउदी अरेबियाका सुलेमान फहाद हमानसँग पहिलो खेलमै पराजित भए ।
यसअघि हिजो भएका खेलहरुमा जुडोका दुई खेलाडी ईन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पहिलो खेलमै पराजित हुँदै पदकको होडबाट बाहिरिसकेका छन् । इन्डोनेसियामा जारी एसियन गेम्सको जुडोतर्फ नेपालका ८ खेलाडी सहभागी








प्रतिक्रिया दिनुहोस्