काठमाडौं । एसियाली खेलकुदको १३ औं दिन आज नेपालका तीन जना जुडो खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
पदकको आशा गरिएको खेल जुडोका चर्चित खेलाडी फुपु ल्हामु खत्रीले आज महिला ६३ केजी मुनिको तौल समुहका खेल्दैछिन् ।
फुपुले ईन्डोनेसियाकी अर्डेलीया युली फ्रादिभ्तासँग राउण्ड अफ सिक्सटिनमा भिड्न लागेकी हुन् ।
फुपु ल्हामु खत्री दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता खेलाडी हुन् ।
जुडोकै महिला ५७ केजी मुनीको तौल समुहमा नेपालकी मनिता श्रेष्ठ प्रधानले अन्तिम ३२ चरणको खेलमा भियतनामकी थि बिच गुएनसँग खेल्नेछिन् ।
यसैगरी पुरुष ७३ केजी मुनीको तौल समूहको अन्तिम ३२ चरणको खेलमा नेपालका संजित डंगोलले साउदी अरबियाका सुलेमान फहाद हमानसँग खेल्नेछन् ।
यसअघि हिजो भएका खेलहरुमा जुडोका दुई खेलाडी ईन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पहिलो खेलमै पराजित हुँदै पदकको होडबाट बाहिरिसकेका छन् ।
ईन्डोनेसियामा जारी एसियन गेम्सको जुडोतर्फ नेपालका ८ खेलाडी सहभागि छन् ।
आजै एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले महिला १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।
यो खेल पछि एथ्लेटिक्सतर्फ पनि नेपालका खेलहरु सकिनेछ । आज सेपाकताक्रो, भलिबल र स्क्वासका खेल पनि हुनेछन् ।








प्रतिक्रिया दिनुहोस्