३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


एमालेलाई २० स्थानमा हराएको दाबी


494
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६५ क्षेत्रमध्ये २० सिटमा नेकपा एमालेलाई हराउन आफू निर्णायक बनेको निष्कर्ष नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले निकालेको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एसले समानुपातिकतर्फ पाएको मतका आधारमा एमालेलाई २० स्थानमा हराउन निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ ।

प्रतिवेदनअनुसार तेह्रथुम १, भोजपुर १, खोटाङ १, मोरङ १, सुनसरी ४, उदयपुर १, रौतहट १ र ४, धादिङ १, काठमाडौं १०, भक्तपुर २, दोलखा, पूर्वी नवलपरासी २, दाङ २, मुगु, दैलेख १ र २, बझाङ, कैलाली ४ र ५ मा नेकपा एसले एमालेलाई पराजित गर्न निर्णयक भूमिका खेलेको हो ।

नेकपा एसले समानुपातिकतर्फ प्राप्त गरेको मत एमालेले नपाई प्रतिस्पर्धीले पाएको हुँदा ती २० क्षेत्रमा एमाले पराजित भएको उल्लेख छ । नेकपा एसले पाएको समानुपातिक मत मात्र एमालेमा गएको भए ती सिटमा एमालेका उम्मेदवार सहजै विजयी हुने अवस्था रहेको प्रतिवेदनमा बताइएको छ । तीमध्ये रौतहट १, दैलेख १ र बझाङमा नेकपा एसका उम्मेदवार विजयी भएका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।