Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


एमालेका लीला गिरीले गरे लुम्बिनीको मुख्यमन्त्रीमा दावी पेश


117
Shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गर्नुभएकाे छ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीकाे लागि दावी पेश गरेका गर्नुएकाे हाे ।

गिरीलाई ५८ जना प्रदेश सभा सदस्यको समर्थन रहेकाे छ ।

गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ ।