Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


गृहमन्त्री लामिछानेलाई भुटानी शरणार्थीको अवस्थाकाे बारेमा ध्यानाकर्षण


104
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भुटानी शरणार्थीको कठिन अवस्थाकाे बारेमा इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ ।

साेही फाउण्डेशनले झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाकाे बारेमा गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षण गराएको हाे । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले गृहमन्त्री लामिछानेलाई भेटेर नेपालमा रहेका शरणार्थीका विषयमा गम्भीर हुन गृहमन्त्री लामिछानेसँग आग्रह गरेको हो ।

फाउण्डेशनले गृहमन्त्री लामिछानेलाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउनका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

पुनर्वासका क्रममा अमेरिकामा रहेका नेपाली भाषी भुटानी युवा व्यवसायी तथा समाजसेवीले डिल्ली अधिकारीको नेतृत्वमा अमेरिकामा सोही फाउण्डेशन स्थापना गरेका हुन् ।