Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


दाइजोसम्बन्धी कसुरमा डा. चौधरी जेल चलान


14k
Shares

महोत्तरी । दाइजोसम्बन्धी कसुरमा डा. पंकज चौधरीलाई जेल चलान भएका छन् । डा. चाैधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन शुक्रबार जिल्ला अदालत, महोत्तरीले आदेश दिएको हाे।

उनकी पत्नी औरही–१ की २१ वर्षीया नेहा चौधरीले दायर गरेको दाइजोसम्बन्धी कसुर मुद्दामा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले रामगोपालपुर नगरपालिका ५ का चाैधरीलाई थुनामा पठाउन आदेश दिएको हो ।

नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत् दाइजोका नाममा श्रीमान र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको बताएकी थिइन् । दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन् ।

गत वर्षको फागुन २५ गते नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । यता, नेहाका श्रीमान्‌ले भने उनीविरुद्ध डिभोर्सको मुद्दा दायर गरिसकेका छन् ।