 
	    कैलाली । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले ५२ जना प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ शपथ दिलाउनुभयो । ५२ सांसदमध्ये ६ जनाले मातृभाषामा शपथ लिएका हुन ।
यस अघि सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गराउनुभएको थियो । त्यसपछि रावलले प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाएका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपाका १/१ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते आह्वान गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै पुष १८ गते प्रदेश सभा बैठक आह्वान गरेको हो ।
प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमबार दिनको १ बजे देखि सुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरीएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्