Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


टेबल टेनिसका खेल सुरु, पहिलो दिन नै नेपाल तीन खेलमा पराजित


0
Shares

जकार्ता, भदौ १० । एसियाली खेलकुदअन्तर्गत टेबल टेनिसतर्फका खेलहरु आजबाट सुरु भएका छन् ।

टेबल टेनिसतर्फ पहिलो दिन नेपालले सबै तीन खेल हारेको छ । महिला टिम ईभेन्टमा आज नेपाललाई मलेसिया र सिंगापुरले पराजित गरे ।

समूह ‘डी’को खेलमा नेपाललाई मलेसियाले ३–० ले हराएको हो । नेपालकी स्वेच्छा नेम्वाङलाई मलेसियाकी यिङ होले २–० को सोझो सेटमा हराईन् ।

अर्की खेलाडी नविता श्रेष्ठलाई लि सियाङ एलिस चियाङले ३–० ले पराजित गर्दा रविना महर्जनलाई कारेन लायन डिकले ३–१ को सेटमा हराईन् ।

समूह ‘डी’ अन्तर्गत आजै भएको अर्को खेलमा नेपाललाई सिंगापुरले ३–० कै सेटमा हरायो ।

स्वेच्छालाई तियानवे फेङले ३–० ले हराँउदा नवितलाई मेङ्यु यु ले ३–१ ले तथा रविनालाई ये लिनले ३–० ले हराए । 

टेबल टेनिसकै पुरुष टिम इभेन्टमा नेपाललाई चीनले ३–० ले हरायो । नेपालका अमरलाल मल्लाई झेङदोङ फाङले ३–० ले हराउँदा, स्यान्टु श्रेष्ठलाई गाओयान लिनले ३–० ले तथा दिप सावनलाई छुखिन वाङले ३–० ले नै पराजित गरे ।