काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले रियल भालोडोलिडलाई पराजित गरेको छ ।
भालाडोलिडले घरेलु मैदानमा बार्सिलोनालाई गोल गर्ने अवसर नदिंदा जितका लागि निकै संघर्ष गर्नुपरेको थियो ।
तर, दोस्रो हाफमा ओस्मान डेम्बेलेले बार्सिलोनाका लागि गोल गरे ।
५७औं मिनेटमा सेर्गी रोबर्टोको पासमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बन्यो ।
खेलको अन्त्यतिर भालाडोलिडले बराबरी गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्रीले गोलको मान्यता दिएन ।
अर्को खेलमा एथ्लेटिको मड्रिडले भने रायो भालेकानोलाई १–० गोलले हरायो ।
खेलको ६३औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलका साथ एथ्लेटिको मड्रिड विजयी बनेको हो ।








प्रतिक्रिया दिनुहोस्