काठमाडौं । इङ्गलिस प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो जित हासिल गरेको छ ।
गएराति भएको खेलमा लिभरपुलले ब्राइटनलाई १–० ले हराएको हो ।
मोहमद सलाहले २३ औं मिनेटमा गरेको गोल नै लिभरपुलका लागि निर्णायक बन्यो ।
यो जितसँगै लिभरपुलले ३ अंक जोडेको छ । लिभरपुलले पहिलो खेलमा वेष्टहमलाई ४–० र दोस्रो खेलमा क्रिस्टल प्यालेसलाई २–० ले हराएको थियो ।
लगातार तीन खेल जित्दै लिभरपुल ९ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्