
web pic
काठमाडाैं । कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछन । समूह चरणको खेल सकिएको भोलिपल्टै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हुन् ।
आजदेखि सुरु हुने नकआउट चरणका खेल अझै रोमाञ्चक हुने अपेक्षा छ । आज अन्तिम १६ को दुई खेल हुनेछन् । जहाँ समूह ए को विजेता नेदरल्याण्ड्स र समूह बी को उपविजेता अमेरिकाबीच पहिलो खेल हुनेछ । यो खेल खालिफा इन्टरनेशनल स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।
यस्तै समूह सी को विजेता अर्जेन्टिना र समूह डी को उपविजेता अष्ट्रेलियाबीच दोस्रो खेल हुनेछ । यो खेल अहमद बिन अली स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ । नेदरल्याण्ड र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलियाबीच हुने खेलको विजेता पहिलो क्वाटरफाइनलमा भिड्नेछन् ।









प्रतिक्रिया दिनुहोस्