Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


स्पोर्ट्स क्लाइम्बिङमा नेपाली खेलाडीको प्रदर्शन अनुभवमै सीमित


0
Shares

जकार्ता, भदौ ९ । एसियाली खेलकुदको स्पोर्ट्स क्लाईम्बिङतर्फ नेपालका खेलाडीहरुको प्रदर्शन अनुभवमात्रै बनेको छ ।

इन्डोनेसियाको पालेम्वाङमा जारी स्पोर्ट्स क्लाईम्बिङको अन्तिम विधा कम्बाईन्ड लिडतर्फ नेपालका खेलाडीहरु पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठले छनौट चरण पार गर्न सकेनन् । २३ खेलाडी सहभागी यो स्पर्धामा पेम्बा र प्रनिल क्रमशः १९ औं र २० औं स्थानमा रहे । 

एसियाली खेलमै पहिलो पटक सहभागी गराईएको क्लाईम्बिङ स्पोर्ट्स आसन्न टोकियो ओलम्पिकमा पनि समावेश गरिएको खेल हो । एसियाडको सहभागिताले नेपाललाई ओलम्पिकमा सहभागी हुन र अझ राम्रो तयारी गर्न अनुभव प्राप्त भएको नेपाल स्पोर्ट्स क्लाईम्बिङ संघका महासचिव मेघराज पौडेलले जानकारी दिए ।

एसियाडमा क्लाईम्बिङ स्पोर्ट्सतर्फ नेपालले लिड, बोल्डरीङ र स्पीड गरी तीन विधामा प्रतिस्पर्धा गरेको थियो ।