Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपालले पदकको आशा गरेका कराँतेका खेल आजबाट सुरु, काँतातर्फ निराश


0
Shares

जकार्ता, भदौ ९ । एसियाली खेलकुदमा नेपालले पदकको आशा गरेको कराँतेका खेलहरु आजबाट सुरु भएका छन् । तर पहिलो दिन नै नेपालको काँतातर्फको पदकको आशा भने सकिएको छ ।

काँतामा सहभागी नेपालका दुबै खेलाडी आज पहिलो खेलमै पराजित भए । प्रि–क्वाटरफाईनल खेलमा नेपालका पर्शुराम बास्तोला कतारका अद्हाम हाशेमसँग ५–० ले पराजित भए ।

यसैगरी महिला काँतामा नेपालकी चञ्चला दनुवारलाई मकाउकी साई लाम सुले ५–० कै अन्तरमा हराईन् ।

यो स्पर्धाको रिपाचेजमा चञ्चलाले उत्तर कोरियाकी खेलाडीलाई पराजित गरेपछि नेपालको कास्य पदको आशा पुनजीर्वित भएको थियो । तर कास्य पदकका लागि भएको खेलमा चञ्चला थाईल्याण्डकी खेलाडी मोन्सिचासँग ५–० ले पराजित भईन् ।

एसियाली खेलकुदको करातेतर्फ नेपालले काँतामा २ तथा कुमुतेमा ६ गरी कुल ८ खेलाडी सहभागी गराएको छ ।