१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


नेपाली फिल्म ‘चोर र पुलिस’ र भारतीय फिल्म ‘दृश्यम २’ आजबाट देशभर प्रदर्शनमा


455
Shares

काठमाडौं । शुक्रबारदेखि नेपाली हलहरुमा दुईवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन् ।

नेपालको ‘चोर र पुलिस’ र भारतीय फिल्म ‘दृश्यम २’ प्रदर्शन आएका हुन् ।

एक्सन र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘चोर र पुलिस’ सिंगल स्क्रिनमा मात्र प्रदर्शन भएको छ । आरएल लामा निर्देशित फिल्ममा बुद्धि तामाङ, धिरेन शाक्य, शोभित बस्नेत, कविता राय, जयकिशन बस्नेतको प्रमुख भूमिका छ ।

त्यस्तै, आजबाट अजय देवगण, तब्बु अभिनित भारतीय फिल्म ‘दृश्यम २’ नेपाली हलमा प्रदर्शन भएको छ । फिल्ममा अजय र तब्बुसँगै अक्षय खन्ना, श्रीया सरन, इशिता दत्त, मृणाल जाधव, रजत कपूरलगायत कलाकारको अभिनय छ ।

सन् २०१५ मा प्रदर्शन भएको भारतीय फिल्म ‘दृश्यम’को दोस्रो श्रृंखलामा आधारित रहेर यो फिल्म बनेको छ । क्राइम, ड्रामा र मिस्ट्रि विधामा राखिएको फिल्मको लम्बाई २ घण्टा २५ मिनेट रहेको भारतीय सञ्चार माध्यामले जनाएको छ ।