
एजेन्सी । इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको छ ।
इङ्ग्ल्यान्डले दिएको दुई सय ८८ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । उसका लागि डेभिड वार्नरले ८६, स्टेभिन स्मिथले नटआउट ८० र ट्रेभिस हेडले ६९ रन बनाए ।
बलिङतर्फ इङ्ग्ल्यान्डका डेभिड विलीले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २ सय ८७ रन बनायो । उसका लागि डेभिड मलानले एक सय ३४ रन बनाए ।
यस्तै डेभिड विलीले ३४ र जस बटलरले २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पा र प्याट कमिन्सले तीन÷तीन विकेट लिए । दुई देशबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । दोस्रो खेल आउँदो शनिवार र तेस्रो खेल आउँदो मङ्गलवार हुनेछ ।









प्रतिक्रिया दिनुहोस्