७ असार २०८२, शनिबार | Sat Jun 21 2025


मैत्रीपूर्ण खेलमा इटाली विजयी


65
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटाली विजयी भएकाे छ ।

बुधबार राति भएको मैत्रीपूर्ण खेलमा इटालीले घरेलु टोली अल्बानियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । साेही खेलको १६ औं मिनेटमा एड्रिन इस्माज्लीले गोल गर्दै अल्बानियालाई सुरुवाती अग्रता दिलाएका हुन्।

तर खेलको २० औं मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । खेलको २५ औं मिनेटमा भिन्सेन्जो ग्रिफोले गोल गर्दै इटलीलाई २-१ को अग्रता दिलाएका हुन् ।

त्यस पश्चात खेलको ६४ औं मिनेटमा ग्रिफोले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई ३-१ को जित दिलाएका थिए ।