Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


प्रदीप खड्काले मागे विनोद चौधरीलाई भोट


1.2k
Shares

काठमाडौं । अभिनेता प्रदीपले खड्काले आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भोट मागेका छन् ।

मंगलवार नवलपरासीको बर्दघाट १२ मा चुनावी सभामा सहभागी भएर उनले चौधरीलाई भोट मागेका हुन् । चौधरी नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् ।

मंगलवार आयोजित वाम गठबन्धनको चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरू पुगेका थिए भने उनीहरूसँगै प्रदीप खड्कालाई पनि अतिथिको रूपमा मञ्चमा आसन ग्रहण गराइएको थियो ।

विनोद चौधरीका छोरा तथा चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुण चौधरीसँगको मित्रताका कारण उनी चौधरीको पक्षमा भोट माग्नका लागि चुनावी आमसभामा सहभागी भएका हुन् । चौधरी ग्रुपको एक विज्ञापनमा पनि प्रदिपले काम गरिसकेका छन् ।