Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


नेपालसँग खेल्न युएई टिम काठमाडाैं आउँदै


1.2k
Shares

काठमाडाैं । नेपालसँग तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने युएईको टिम घोषणा भएको छ ।

इमिरेट्स क्रिकेट बोर्डले आज सीपी रिजवानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । युएईको टोली आज राति नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाल र युएईबीच त्रिवि क्रिकेट मैदानमा कात्तिक २८, ३० र मंसिर २ गते खेल हुनेछ । यसअघि नेपालले रोहीत पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेको थियो ।