Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालकाे लगातार दोस्रो जित


4.5k
Shares

काठमाडाैं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन् । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले पहिलो खेलमा भुटानलाई ७–० गोल अन्तरले हराएको थियो । बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बंगलादेशले पहिलो खेलमा भुटानलाई ८–० गोल अन्तरले हराएको थियो ।

अब नेपालले बुधबार भुटान र शुक्रबार पुनः बंगलादेशसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।