इन्डोनेसिया, भदौ ७ । एसियाली खेलकुदको स्क्वासतर्फ नेपालका खेलाडीहरु अर्हान्तकेशर सिंह र अमृत थापा मगर पहिलो खेलमा पराजित भएका छन् ।
पुरुष एकलतर्फ अन्तिम ३२ चरणको खेलमा शीर्ष वरियताका नेपाली खेलाडी अर्हान्त केशरलाई पाकिस्तानका तैयब अस्मलले ३–० को सोझो सेटमा पराजित गरे ।
अर्हान्त विरुद्धको खेल अस्लमले ११–६, ११–५ र ११–५ को सोझो सेटमा जिते ।
नेपालका अर्का खेलाडी अमृत थापा मगर पनि हङकङका खेलाडी हो यिन लीसँग ३–० को सोझो सेटमै पराजित भए । अमृतलाई ली ले ११–१, ११–४ र ११–२ को सहज सेटमा पाखा लगाएका हुन् ।








प्रतिक्रिया दिनुहोस्