फाइल तस्वीर : नेपाल र इरानबीचको खेल
इन्डोनेसिया, भदौ ७ । एसियाली खेलकुदको कबड्डीतर्फ नेपालको यात्रा समूह चरणबाटै टुंगिएको छ ।
समुह ‘बी’को अन्तिम खेलमा आज पाकिस्तानसँग पराजित भएपछि नेपालको यात्रा समूह चरणमै सीमित भएको हो ।
दक्षिण एसियाली प्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको खेल नेपालले ३८–२० ले गुमायो ।
समूह ‘बी’का कुल ५ खेलमध्ये नेपाल ४ खेलमा पराजित भयो भने मलेसिया विरुद्धको एक खेलमा मात्रै जित हात पार्यो ।
कबड्डीमा पुरुषतर्फ मात्रै भाग लिएको नेपाललाई इन्डोनेसिया, जापान, ईरान र पाकिस्तानले पराजित गरेका हुन् ।








प्रतिक्रिया दिनुहोस्