२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘मिसेस् नेपाल युनिभर्स’ को आवेदन सुरु


195
Shares

काठमाडौं । ‘मिसेस् नेपाल युनिभर्स २०७९’ को आवेदन सुरु भएको छ ।

विवाहित महिलाहरूको शक्तिकरणका लागि उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।

आयोजक जिभा इन्कोरपरेटेडले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुला भएको जनाएको छ ।

नोभेम्बर १२ अर्थात् कार्तिक २६ गते हुने अडिसन प्रक्रियाका लागि आवेदन खुला गरिएको हो । प्रतियोगिताका लागि अविवाहित, डिभोर्सी एवं विवाहित भएर पनि एकल जीवन अगाडि बढाइरहेका महिलाले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

युहान इन्टरनेसनल इभेन्टस्को सहकार्यमा जिभा इन्कोरपरेटेडको मुख्य आयोजना रहेको प्रतियोगिताको शीर्ष विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् ।