Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष मरिन भ्रष्टाचारी ठहर, चार बर्ष जेल सजाय


0
Shares

काठमाडौं । ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोस मारिया मरिनलाई भ्रष्टाचार गरेको ठहर गर्दै चार वर्षको जेल सजाय सुनाइएको छ ।

विश्व फुटबल महासंघको भ्रष्टाचार काण्डमा उनी पनि समावेश भएको भन्दै अदालतले जेल सजाय सुनाएको हो ।

८६ वर्षे जोसलाई फिफाको बिलियन डलर घोटाला काण्डमा संलग्न भएको आरोप लागेको थियो ।

चार वर्ष जेलका साथै उनलाई एक दशमलव दुई मिलियन अमेरिकी डलर जरिवाना पनि तोकिएको छ ।

यसका साथै अदालतले ३ दशलमव ३४ मिलियन डलर चुक्ता गर्न पनि भनेको छ ।

सन् २०१५ मा जुरिचको एक होटलबाट फिफा अधिकारीहरु पक्राउ पर्दा उनी पनि पक्राउ परेका थिए ।

कोपा अमेरिका प्रतियोगिताको प्रसारणका लागि सम्झौता गर्ने क्रममा घुस लिएको उनले स्वीकार गरेका थिए ।