
Web Pic
	    काठमाडौं । रुपन्देही सदरमुकाम भैरहवा नजिकै आज सोमबार बिहान करिब साढे ४ बजे कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीय सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार छठघाटबाट घरतर्फ फर्किरहेको नम्बर नखुलेको कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । यस्तै, घटनामा शिशुको आमासहित दुई जना घाइते भएका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।
ठक्कर दिने कारको पहिचान अहिलेसम्म हुन सकेको छैन ।
फरार रहेको कारको खोजी भइरहेको तथा घटनाको सम्बन्धमा थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्