Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोली ढाका पुगे


104
Shares

काठमाडाैं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेशको ढाका पुगेको छ । नेपाली यू–१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेको हो ।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै बिदाइ गरेको थियो । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ ।

प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेका छन् । नेपाली टोलीको गोलकिपरमा राधिका ओली, सुजाता तामाङ र रुपा धिमाल छन् ।

यस्तै,डिफेन्डरमा सीता रोकाया, अमिता भुल,दीपा मगर,अञ्जना पुन मगर,प्रेरणा डोल्मा लामा,रेणु लिम्बु र विपना स्नेही रहँदा मिडफिल्डरको जिम्मेवारी सिमरन राई,पुनम चेम्जोङ,भावना परियार,सविता मण्डल,भूमिका बुढाथोकी,सुशीला केसी,सुक्रिया मिया,रेविका नेपाली र मनिषा सेनले सम्हाल्नेछन् । फरवार्डको जिम्मेवारी दीपा रोकाया,समीक्षा मगर, वर्षा ओली र सेनु परियारको काँधमा रहनेछ ।