२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


ए प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता


221
Shares

काठमाडाैँ । पर्वतको कुश्मा नगरपालिकाले पनि सामुदायिक विद्यालयबाट एसईईमा ए प्लस ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ ।

नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै कार्यान्वयनमा आउन लागेको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन र सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

मासिक रुपमा विद्यार्थीहरुलाई दुई हजार रुपैया भत्ता दिन सुरु गरिएको जोशीले बताउनुभयो । उहाँले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्ने विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास लिएको छ । भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ ।