Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


चलचित्र ‘२ नम्बरी’ दृश्य काँटछाँटसहित पुनः हलमा


2.3k
Shares

काठमाडौं । गत असोज २१ बाट रिलिज भएको चलचित्र ‘२ नम्बरी’ शुक्रबारदेखि पुनः हलमा आउने भएको छ ।

चलचित्र निर्माण टिमले २ घण्टा ७ मिनेट लामो चलचित्रलाई ५ मिनेटभन्दा बढी काँटछाँट गरेको छ । साथै साउन्डमा पनि परिवर्तन गरिएको छ निर्माण टिमले जनाएका छन् ।

प्रदर्शनको १२ दिनसम्म चलचित्रले देशव्यापी ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ । अहिलेसम्मको प्रदर्शनबाट नाफामा गैसकेका चलचित्रको तिहारमा समेत राम्रो व्यवसाय गराउन निर्माण टिमले नयाँ तरिकाबाट ल्याउन लागेको हो ।

दीपेन्द्र लामा निर्देशित उक्त चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासनासिंह ठकुरी, बुद्धि तामाङ्ग, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, स्व.जयनन्द लामालगायतको पनि अभिनय रहेको छ ।

काँटछाँटपछि चलचित्रले अझै स्पष्ट रुपमा कथा प्रस्तुत गर्ने निर्माण टिमको विश्वास छ ।