Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


केदारनाथ नजिकै हेलिकाेप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु


260
Shares

एजेन्सी । उत्तराखण्डको केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार हेलिकाेप्टर दुर्घटना भएको छ ।

दुर्घटनामा परी पाइलटसहित हेलिकाेप्टरमा सवार सबै सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय

समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै हेलिकाेप्टरमा सवार सबै सात जनाको मृत्यु भएको समाचार लेखेकाे छ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का प्रमुख कार्यकारी अधिकृत सी रविशंकरले पत्रकारहरूलाई दुर्घटनामा हेलिकाेप्टरका पाइलट अनिल सिंहको मृत्यु भएको जानकारी दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको केदारनाथमा भएको हेलिकाेप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।