Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


सफ्ट टेनिसमा दुई स्वर्ण


0
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सफ्ट टेनिसतर्फ सोमबार दुई वटा स्वर्ण पदकको टुंगो लागेको छ ।

सफ्ट टेनिसको पुरुष एकलतर्फ प्रदेश १ का यकेस योञ्जनले स्वर्ण पदक जितेका छन् ।

सोमबार बिहान भएको फाइनलमा योञ्जनले बागमती प्रदेशका प्रदीप खत्रीलाई ४–१ को नतिजामा पराजित गरे । सफ्ट टेसिन पुरुष एकलतर्फको कास्य पदक बागमतीका निर्मल स्थापित र लुम्बिनी प्रदेशका सुरज चौधरीले जिते ।

पोखरा रंगशालास्थित सफ्ट टेनिस कोर्टमा सम्पन्न प्रतिस्पर्धाको महिला एकलतर्फ एपिएफकी समृद्धि महर्जनले स्वर्ण पदक जितेकी छन् ।

सोमबार बिहान भएको फाइनलमा उनले बागमती प्रदेशकी चन्द्रमाया राईलाई ४–२ को नतिजामा पराजित गरिन् । यो स्पर्धामा प्रदेश १ की श्रेया योञ्जन र बागमतीकी स्वस्तिका विष्टले कास्य पदक जितेका छन् ।