काठमाडौं । एसियाली खेलकुदको पौडीतर्फ नेपालका खेलाडीहरु गौरीका सिंह र शुभम् श्रेष्ठ हिट चरणबाटै बाहिरिएका छन् ।
पुरुष सय मिटर ब्रेस्टस्ट्रोकमा नेपालका शुभम् आफ्नो हिटमा तेस्रो भए ।
शुभम्ले निर्धारित दुरी १ मिनेट ११ दशमलव ३७ सेकेन्डमा पूरा गरे ।
यसैगरी पौडीकै महिला २ सय मिटर फ्रिस्टाइलमा गौरीका सिंह पनि हिट चरणबाटै बाहिरिईन् ।
ओलम्पियन गौरीकाले निर्धारित दुरी २ मिनेट १२ दशमलव ५३ सेकेन्डमा पूरा गरिन् ।
गौरीका यसअघि महिला सय मिटर फ्रिस्टाईलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।








प्रतिक्रिया दिनुहोस्