Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदै


130
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज शनिबार विभिन्न २९ खेलहरु हुँदैछन् ।

नवौं अन्तर्गत शनिबार एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रंगशाला, पुरुष फुटबल गोस्टेघाट, महिला फुटबल वालिङ, टेनिस, बक्सिङ, पुरुष भलिबल, महिला ह्यान्डबल पोखरा रंगशाला, महिला ह्यान्डबल, पुरुष बास्केटबल र सफ्ट टेनिस पोखरा रंगशाला हुनेछन् । महिला भलिबल म्याग्दी तथा महिला बास्केटबल तनहुँमा हुँदैछ ।

स्क्वास, आर्चरी पोखरा रंगशाला र शारीरिक सुगठन पोखरा सभागृह, पौडी फिस्टेल एकेडेमी, कराते कुश्मा, फुलकन्ट्याक्ट कराते पोखरा रंगशाला, बुद्धिचाल गोर्खा, महिला हक्की गण्डकी बोर्डिङ स्कुल, पुरुष हक्की गौरीशंकर खेल मैदान पोखरा, सुटिङ काठमाडौं, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ रानीबन पोखरा, तेक्वान्दो म्याग्दी कभर्डहल, र आइटिएफ तेक्वान्दो बागलुङ कभर्ड हलमा हुनेछ ।

त्यस्तै, टेबल टेनिस कोल्माबाहकोट पोखरा, सेपाकताक्रो महिला/पुरुष नवलपुर कावासोती, भारोत्तोलन उद्योग वाणिज्य संघ पोखरा, प्याराग्लाइडिङ पोखरा सारङकोट, रग्बी महिला/पुरुष भण्डारढिक खेलमैदान पोखरा र कुस्ती गैडाकोट नवलपुरमा हुनेछ ।

गण्डकी प्रदेशको विभिन्न जिल्लाको विभिन्न स्थानमा जारी नवौं राष्ट्रियमा सात प्रदेश, तीन विभागिय टाली र गैर आवासीय नेपाली संघ (एनआरएनए) गरि ११ टोली सहभागी रहेका छन् । ११ टोलीका व्यक्तिगत र समूहगत खेलका गरि ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नवौंमा राष्ट्रियमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।