२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सोनाक्षी र हुमा अभिनित चलचित्र ‘डबल एक्सएल’ को ट्रेलर सार्वजनिक


1.183k
Shares

एजेन्सी । भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र हुमा कुरेशी अभिनित चलचित्र ‘डबल एक्सएल’ को ट्रेलर सार्वजनिक भएको छ।

महिलाको सौन्दर्य मापदण्ड तोड्दै सोनाक्षी र हुमाले यस चलचित्रमा प्लस साइज महिलाको भूमिका निर्वाह गरेका छन् । यस चलचित्र मार्फत सोनाक्षी र हुमाले परफेक्ट बडीको बारेमा मानिसको धारणा तोड्ने प्रयास गरेका छन् ।

‘डबल एक्सएल’ मा हुमाले ‘राजश्री’ को भूमिका निभाएकी छन् भने सोनाक्षीले ‘जोया’ को भूमिका निभाएकी छन् । अभिनेत्री सोनाक्षी र हुमाले यस चलचित्रमा आफ्नो भूमिकाका लागि तौलसमेत बढाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार दुवै अभिनेत्रीले फिल्मका लागि १५ देखि २० किलाे तौल बढाएका हुन् ।

चलचित्रमा सोनाक्षी र हुमाका अलावा जहीर इकबाल र महत राघवेन्द्रको पनि मुख्य भूमिका रहेको छ । योसँगै भारतीय क्रिकेट टिमका चर्चित खेलाडी शिखर धवनले पनि यो चलचित्रबाट डेब्यु गर्न लागेका छन् । सतराम रमानीले निर्देशन गरेको यो चलचित्र नोभेम्बर ४ मा रिलिज हुनेछ ।