Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


सन्दीप लामिछानेकाे प्रकरणले लियाे नयाँ माेड, जाहेरीकर्ताकै दुईवटा जन्मदर्ता!


71.5k
Shares

काठमाडौँ । निलम्बित कप्तान तथा क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका बेला नयाँ कुरा बाहिरा आएकाे छ । नयाँ कुरा बाहिरा आएपछि सन्दीप लामिछानेकाे घटना प्रकरणले नयाँ माेड लिएकाे छ । साथै समाजिक सञ्जालमा समेत तरंग फैलिएकाे छ ।

लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको नै दुईवटा जन्मदर्ता भेटिएको कुरा बाहिरा आएकाे छ । आज सोमबार कानुन व्यवसायी सुधा रिजालले प्रारम्भिक अनुसन्धानबाट जाहेरीकर्ताको दुईवटा जन्मदर्ता भेटिएको समेत दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयाे,’दुईवटा जन्मदर्ता भेटिपछि नाबालिग भनिएकी जाहेरीवालाको यकिन उमेरमाथि प्रश्न खडा भएकाे छ।’ उनी नाबालिग नभएको हुनसक्ने सम्भावना बढेकाे उहाँले बताउनुभयाे ।

सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले पनि न्यायाधीशसमक्ष जाहेरीकर्ताले आफूसँग उमेर १९ वर्ष भइसकेको बताएको जानकारी गराएका छन्।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको हो भने उनी जाहेरी परेको एक महिनापछि असोज २० गते पक्राउ परेका हुन्।