काठमाडौं । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आइतबार चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
खेल फु थोस्थित भियत त्रि स्टेडियममा दिउँसो २ः४५ बजेबाट खेल सुरू हुनेछ ।
ताइपेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ ।
समूह ‘एफ’ मा रहेको नेपाल र ताइपे अंक विहीन छन् । दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छन् ।
नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो । खेलमा आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रहेको छ ।
अर्काेतर्फ ताइपेइ भियतनामसँगको पहिलो खेलमा ४–० ले हारेको थियो भने दोश्रो खेलमा थाइल्याण्डसँग ३–१ ले पराजित भएको थियो ।
ताइपे तेस्रो स्थानमा रहेको छ । ताइपे पनि भियतनाम र थाइल्याण्डसँग पराजित भएको थियो । भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् ।
यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्