मुम्बई । इन्जिनियर बन्न छाडेर बलिउड अभिनेता बनेका सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउड तातेको छ । आत्महत्या कि हत्या भन्ने बहस पनि सतहमा आएको छ ।
अभिनेता सुशान्तको प्रारम्भिक रिपोर्टले आत्महत्या देखिएको प्रहरीले जनाएको छ । तर, उनको आत्महत्यालाई परिवारले स्वीकार गरिरहेका छैनन् ।
आफ्नो छोराले आत्महत्या गरेको कुरा मान्न उनका पिता अझै तयार छैनन् । छोराको आत्महत्या हो भन्ने कुरा अझै आफूलाई विश्वास नलागेको पिताले बताएका छन् ।
सुशान्तकी दिदीले आफ्नो भाइ केही समयदेखि मानसिक तनावमा रहेको बताएकी छन् । सुशान्त विगत पाँच महिनायताबाट डिप्रेसनको सिकार भएको उनले खुलाएकी छन्
दिदीका अनुसार आफू डिप्रेसनमा गएपछि सुशान्तले डिप्रेसनको औषधिसमेत लिन थालेका थिए । तर, आफू डिप्रेसनमा जानुको कारणबाट उनले खुलाएका थिएनन् ।
यो घट्नापछि शुसान्तको दैनिकीबारे अध्ययन पनि सुरु भएको छ । सोमबार झुन्डिएको अवस्थामा भेटिएका उनको आइतबारको दैनिकीलाई सुक्ष्म अध्ययन भइरहेको छ ।
उनी आइतवार विहान ६ः३० बजे उनी उठे । साढे ९ बजे उनले अनारको जुस लिए र आफूलाई कोठामा बन्द गरे । साढे १० बजे उनका कुक लञ्चमा के लिने भनेर सोध्न गए ।
तर, सुशान्तले ढोका खोलेनन् । कुकु १२ बजे पुनः लञ्चका लागि सोध्न पुगे । तर, दोस्रो पटक पनि सुशान्तले ढोका खोलेनन् । कुकले निकै बेर ढोका ढकढकाउँदा पनि उनले ढोका खोलेनन् ।
करीब साढे १२ बजे सुशान्तकी बहिनीलाई फोन गरियो । सुशान्तले ढोका नखोलेको जानकारी पाएपछि उनी करीब ४० मिनेटमा बान्द्रा पुगिन् । उनले पनि सुशान्तलाई बोलाइन् तर कुनै जवाफ मिलेन ।
करीब दिउसो १ः१५ मा चाबी बनाउने मान्छेलाई बोलाएर ढोकाको लक खोलियो । दिउँसो साढे ३ बजे उनलाई बीएमसीको कूपर अस्पताल लगियो, जहाँ ४ बजे उनलाई मृत घोषणा गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस्