Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


मिस टीन नेपाल २०२२ को उपाधि प्रतिक्षा डंगोलको हातमा


1.2k
Shares

काठमाडौं । सेञ्चुरी मिस टीन नेपाल २०२२ को उपाधि प्रतिक्षा डंगोलले हात पारेकी छन् ।

मिस टीन २०२२ को उपाधिका लागि डंगोल, परिका भण्डारी, सुस्मिता अधिकारी, खुसी श्रेष्ठ, स्नेहा पौडेल, आर्या पौडेल, अदिति श्रेष्ठ, निशा सोनी साह, सुम्निमा पुरी, पूजा ओली, हर्षिता पन्त, कसक पौडेल, विसुका कोइराला, सुजिता पौडेल र विभूषा बस्नेत प्रतिस्पर्धामा रहेका थिए ।

प्रतियोगितामा मुख्य टाइटलसहित अन्य १२ विधाको अवार्डका लागि प्रतिस्पर्धा भएको थियो । १८ औं संस्करणको सेञ्चुरी मिस टीन प्रतियोगिताको कोरियोग्राफी मोडल तथा भिजे प्रियारानी लामाले गरेकी थिइन् ।

आइतबार भएको मिस टीन २०२२ को ग्राण्ड फिनाले काठमाडौं राष्ट्रिय नाच घर जमलमा सम्पन्न भएको हो । कार्यक्रमलाई ईमेज च्यानल एच.डीबाट प्रत्यक्ष प्रसाररण गरिएको थियो । मिस टीनको उपाधि डंगोलले हात पारिन् भने अधिकारी फस्ट रनरअप बनेकी थिइन् ।

त्यसैगरी मिस टीन २०२२ को सेकेण्ड रनरअप सुजिता बनेकी हुन् ।

Skip This