Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


‘१३औं ‘साग’ तोकिएकै मितिमा’


0
Shares

जकार्ता, भदौ ४ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) समयमै हुने जिकिर गरेका छन् ।

इन्डोसियाको जकार्तामा भइरहेको एसियाली खेलकुद प्रतियोगिता (एसियाड)काक्रममा अध्यक्ष श्रेष्ठले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग पटक–पटक छलफल भएको र राष्ट्रिय खेलकुद परिषदले पनि भौतिक पूर्वाधार समयमै निर्माण गरेर सकाउने बताएकाले साग तोकिएकै मितिमा हुने बताए ।

दक्षिण एसियाली ओलम्पिक कमिटीले आगामी मार्च ९ देखि १८ सम्म नेपालमा १३औं साग गर्ने निर्णय गरिसकेको छ ।