Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


अभिनेत्री नीता ढुंगानाको सुझाव: ‘सरिता गिरीले भारतमै गएर राजनीति गर्दा राम्रो’


0
Shares

काठमाडौं । संघीय सदभावना पार्टीकी उपाध्यक्ष सरिता गिरी यतिबेला आफ्नै अभिब्यक्तिका कारण विवादमा छिन् ।

लिपुलेकसहित भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउनु पर्ने माग उठिरहेको बेला उपाध्यक्ष गिरी भने भारतको पक्षमा वकालत गरेको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको छ ।

उनले विभिन्न सञ्चारमाध्यममा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने प्रमाण नभएको अभिब्यक्ति दिएकी थिइन । 

यसै सिलसिलामा नेपाली अभिनेत्री नीता ढुंगानाले गिरीलाई नेपालको लायक नभएको भन्दै भारतमै गएर राजनीति गर्न सुझाएकी छन् ।

उनले आफ्नो आधिकारिक फेसबुकमा लेखेकी छन्, ‘हो नारीलाई आफ्नै माइती नै प्यारो हुन्छ । उतै गएर राजनीति गर्दा कसो होला ! तिमी नेपालमा लायक छैनौ ।’

नीताले नेतृ गिरीप्रति लक्षित गरेर लेखेको स्टाटसमा उनका प्रशंसकहरुले पनि समर्थन जनाएका छन् ।

https://www.facebook.com/Neetadhungana.officel/