Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


दीपिका पादुकोणका बडिगार्डको तलब मात्रै एक करोड भारु !


0
Shares

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणका नीजि बडिगार्ड जलालको बार्षिक पारिश्रमिक बृद्धि भएको छ । 

भारतीय संचारमाध्यमहरुका अनुसार उनले बार्षिक ८० लाख भारतीय रुपैंयाँ पाउँदै आएकोमा अब एक करोड रुपैंयाँ पाउनेछन् ।

भीडभाडयुक्त स्थानमा दीपिकाको रक्षा र हेरविचार गर्ने साथै परिवारका सदस्य झैं रहेका जलालले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

 सन् २०१७ मा जलालको वार्षिक तलब ८० लाख भारु थियो । अहिले उनको तलब लगभग १ करोड भारु पुगिसकेको छ ।

रणवीर सिंह र दीपिका पादुकोणको विवाहमा जलालले दुलहीपक्षको ब्रिगेडको नेतृत्व गरेका थिए ।

जलाललाई दीपिकाले आफ्नो दाइ मान्छिन् र हरेक रक्षाबन्धनमा राखी बाँध्ने गर्छिन् ।