२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक


221
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

छनौट खेलहरु यही असोज ६ गते बिहीबारबाट सातदोवाटोस्थित एन्फा मैदानमा हुनेछन् ।

प्रतियोगिता कात्तिक २४ गतेसम्म चल्नेछ । हरेक समूहको विजेता टोली नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका २० टोलीलाई २ समूहमा विभाजन गरिनेछ ।

दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् । यी दुई टोलीबीचको विजेताले ‘सी’ डिभिजन छनौट प्रतियोगिताको उपाधि जित्नेछन् ।

खेल तालिका :-