Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाडमा सोमबार तेक्वान्दोका सागर, नीमा र संगीता बाहिरिए


0
Shares

जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को तेक्वान्दोमा नेपालका सागर गुभाजुले एक खेल जिते पनि दोस्रो खेलमा भने पराजित भएका छन् ।

सोमबार भएको पुरुष ५८ केजीमुनिको तौल समूहअन्तर्गत् अन्तिम ३२ चरणमा गुभाजुले भुटानका खेलाडी तेन्जन दोर्जीलाई ५४–४० ले हराए ।

तर, अन्तिम १६ को खेलमा गुभाजुलाई चाइनिज ताइपेइका क्वाच हङ भोले २५–५ को स्कोरमा हराए । योसँगै उनको पदकको सम्भावना सकिएको छ ।

तेक्वान्दोकै महिला ५३ केजीमुनिको तौल समूहमा नेपालकी नीमा गुरुङलाई लेबनानकी लाइतेतिया आउनले हराइन् । अन्तिम १६ को खेलमा २३–१० ले हारेपछि नीमाको पनि पदकको सम्भावना सकिएको छ ।

त्यसैगरी, महिला ६७ केजीमुनिको तौल समूहमा नेपालकी संगीता बत्स्याल नेपाली फिलिपिन्सकी खेलाडी दार्लिने माए आर्पोनसँग ३ अंकले पराजित भइन् ।

अन्तिम १६ को खेलमा २०–१७ ले पराजित भएकी संगीताको पनि यात्रा सकिएको छ ।