Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाली खेलकुदः पौडीतर्फका दुई नेपाली खेलाडी बाहिरिए


0
Shares

काठमाडौं । एसियाली खेलकुदको पौडीतर्फ आज नेपालका दुई खेलाडी समूह चरणबाटै बाहिरिएका छन् ।

ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको चर्चा बटुेलेकी गौरीका सिंहले आज आफ्नो व्यक्तिगत प्रदर्शन पनि सुधार्न सकिनन् ।

महिला सय मिटर फ्रि स्टाईलमा प्रतिस्पर्धा गरेकी गौरीकाले १ मिनेट ० दशमलव ८२ सेकेन्डको सयम निकाल्दै आफ्नो हिटमा छैटौं भइन् ।

यो स्पर्धाबाट चीनकी मेन्गुई झु ५४ दशमलव ६७ सेकेण्डसहित तथा कोरियाकी मिसो को ५६ दशमलव ६५ सेकेण्डसहित फाइनल चरणका लागि छनोट भए ।

महिला सय मिटर फ्रि स्टाईलको अर्को खेलमा नेपालकी टिसा शाक्य पनि समुहमा अन्तिम भईन् ।

टिसाले १ मिनेट ३ दशमलव ९६ सेकेण्डको समय निकालिन् ।

यो हिटबाट जापानका दुई खेलाडी रिकाको ईके र तोमोमी आओकी फाइनलका लागि छनोट भए ।