Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन : गायिका समिक्षा


16.8k
Shares

काठमाडौं । गायिका तथा मोडल समिक्षा अधिकारीले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिएको बताएकी छन् ।

लामो समयपछि सामाजिक सञ्जाल फेसबुकमा उनले सो कुरा बताएकी हुन् । मंगलबार बेलुका लामो स्टाटस लेख्दै पल शाह प्रकरणमा अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् ।

साथै उनले भनेकी छन, ‘सामाजिक सञ्जालमा मेरोविरुद्ध बनेका लज्जास्पद तस्वीर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।’ उनी अगाडी थप्छिन्, ‘म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु ।’

समिक्षाले सामाजिक सञ्जालमा आफूविरुद्ध आएका नकारात्मक कुराहरूमा दुःखसमेत पोखेकी छन् । साथै उनले दर्शकको साथ सहयोग र सकारात्मक बिचारले आफ्नो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएको बताएकी छन् ।