
काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल आज बुधबार हुने भएको छ ।
नेपाल र भारतबीच हुन लागेको फाइनल खेल कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल बुधबार राति सवा ८ बजे सुरू हुनेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले र दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएको थियो ।
प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।
आज जितको निरन्तरतालाई कायम राख्दै उपाधि उचाल्ने नेपालको लक्ष्य रहेको छ । यता, भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
यसअघि मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाइनल खेल कठिन हुने बताउँदै फाइनल खेल अघिल्ला खेलजस्तै मेहनत गरेर खेल्ने जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्