
काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरू हुनेछ ।
आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ ।
समूह ुबीु मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ ।
नेपालले पहिलो खेलमा भुटानलाई २–१ ले पराजित गरेको थियो । भारतले पनि भुटानलाई ३–० ले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्