Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपाल तेक्वान्दोका तीन विधामा चाइनिज ताइपेइसँग पराजित


0
Shares

जकार्ता, भदौ ३ । इन्डोनेसियाको जकार्तामा जारी एसियाली खेलकुदअन्तर्गत् आइतबार भएका खेलमा नेपालले तेक्वान्दोका तीन विधामा चाइनिज ताइपेइसँग हार ब्यहोर्‍यो ।

तेक्वान्दोको पुम्सेतर्फ पहिलोपटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको नेपाली महिला टोली टिम इभेन्टमा पदकबाट एक खेल टाढा रह्यो ।

प्रिक्वार्टरफाइनलमा उज्वेकिस्तानबाट ‘वाक–ओभर’ पाएको नेपाली महिला टिम क्वार्टरफाइनलमा चाइनिज ताइपेइसँग पराजित भयो ।

नेपाली महिला टोलीमा नीता गुरुङ, पार्वती गुरुङ र निमा मादेन सहभागी थिए ।

पुम्सेकै महिला एकल विधाको प्रिक्वार्टरफाइनलमा नेपालकी पार्वती गुरुङ चाइनिज ताइपेइकी खेलाडी लियाओ वेनहुसानसँग पराजित भइन् ।

यसैगरी, पुरुष एकलको प्रिक्वार्टरफाइनलमा नेपालका कमल श्रेष्ठ चाइनिज ताइपेइका चेन छिङसँग पराजित भए ।

तेक्वान्दोमा सोमबार नेपालका तीन खेलाडी सागर गुभाजु, निमा गुरुङ र संगीता बस्यालले प्रतिस्पर्धा गर्नेछन् ।